सप्तरी- सप्तरीको अग्निसाईर कृष्णसवरन गाउँपालिका–६ रतवालास्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१च १६८३ नम्बरको पिकअपले ठक्कर दिँदा अग्निसाइर कृष्णसवरन गाउँपलिका–६ का ५५ वर्षीय दुखीलाल लेखीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
अनियन्त्रित पिकअपको ठक्करबाट घाइते भएका पैदलयात्री लेखीलाई उपचारका लागि धर्मेश्वर अस्पताल ठेलियाबाट राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। ठक्करले दिने पिकअप गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।