बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले लगाए कोरोनाविरुद्धको खोप

मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले लगाए कोरोनाविरुद्धको खोप

गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

म्याग्दी- गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा माथि उमेरका नौ हजार ५ सय ८ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।

National life

उनीहरूले तीन प्रकारको खोप लगाएका छन्। कार्यालयका प्रमुख टिकाराम भण्डारीले तोकिएको उमेर समूहका शतप्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको बताए।

'छ हजार ७ सय १५ जनालाई जोन्सन एण्ड जोन्सन र दुई हजार ४ सय ७२ जनालाई कोभिसिल्ड विरुद्धको दुई चरणको खोप लगाइएको छ', उनले भने, 'भेरोसिलको पहिलो र दोस्रो डोजको खोप लगाउनेको संख्या ३ सय ३२ जना छ।'

मुस्ताङका नागरिकका साथै रोजगार, पेशा ब्यवसाय र कामदारका रूपमा आएकाले पनि खोप सुबिधा पाएका छन्। अन्य जिल्ला घर भए पनि हाल मुस्ताङमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एम्बुलेन्स चालक, सरसफाईकर्मी, कर्मचारी, जनप्रतिनिधी, पत्रकार, संघसंस्थाका कर्मचारी, शिक्षकले खोप लगाएका छन्। 

वि.सं. २०६८ को जनगणना अनुसार कुल १३ हजार जनसङ्ख्या रहेको मुस्ताङमा १८ वर्षभन्दा माथिका नागरिकको सङ्ख्या नौ हजार ३६० जना थियो। मुस्ताङमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो। 

Shivam cement

कोरोनाविरुद्धको कोभिशिल्ड खोप अभियान सुरु गर्दाको अवस्था सामान्य थियो। कोभिसिल्डको दोस्रो चरण, भेरोसिल र जोन्सन एण्ड जोन्सनको खोप अभियान सफल पार्न मुस्ताङका स्वास्थ्यकर्मीले निकै संघर्ष गरेका छन्।  

बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने, सडक पुल बगाउने, बिद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा खोप अभियान सञ्चालन गर्न कठिनाई भएको थियो। मार्फा खोलामा असार पहिलो हप्ता बाढी आउँदा जोखिम मोलेर दुःखका साथ खोप ढुवानी गर्दै गरेका स्वास्थ्यकर्मीको तस्बिरले अन्तरराष्ट्रियस्तरमा चर्चा पाएको थियो। 

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ठाउँ/ठाउँमा भरियालाई बोकाएर खोप ढुवानी गरिएको थियो भने खोलामा ट्याक्टरमार्फत खोप तारिएको थियो। खोप अभियान पूरा भएसँगै मुस्ताङका कतिपय शैक्षिक संस्थामा भौतिकरूपमै पठनपाठन सञ्चालन भएको छ।

प्रकाशित: Aug 07, 2021| 07:08 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।