जनकपुर- धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । शनिबार दिउँसो एक युवकको करेन्ट लागेर ज्यान गएको हो ।
मुखियापटी मुसहरनिया गाउँपालिका ६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यादवलाई आफ्नै घरमा जडान गरेको मोटरबाट पानी तानेर भैँसीलाई नुहाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर सख्त घाइते भएका उनलाई उपचारका लागि जानकी हेल्थ केयर जनकपुरमा पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।