शुक्रबार, साउन २९, २०८३

बृहत् योग शिविर सुरु

पताञ्जलि योग समिति काठमाडौंको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाले बृहत् योग शिविरको आयोजना गरेको छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

तनहुँ- पताञ्जलि योग समिति काठमाडौंको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाले बृहत् योग शिविरको आयोजना गरेको छ। 

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शनिबार संयुक्त रुपमा सो शिविरको उद्घाटन गरे। सो अवसरमा अध्यक्ष थापाले योग मानव जीवनका लागि अपरिहार्य भएको बताए। मानिसको शारीरिक एवं मानसिक तनावमुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा उनले जोड दिए। 

‘गरौं योग, रहौं निरोग’ भन्ने मूल नाराका आयोजित पाँच दिने सो शिविरमा पाँच सय जनाको सहभागिता रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ।  

मानिसहरूमा योग जागरण ल्याउने र मानसिक तथा शारीरिक तनावलाई छुट्कारा दिलाउनका लागि योग शिविर आयोजना गरिएको योग विज्ञान शिविर व्यवस्थापन समिति पताञ्जलि योग आँबुखैरेनी तनहुँका अध्यक्ष पम्फा श्रेष्ठले जानकारी दिए। उनले भने, 'योगबाट कुनै मानिसको समस्या छिट्टै निको पनि भइहाल्छ, कुनैको केही समय लाग्न सक्छन् तर प्रभावकारी हुन्छ।' 

शिविरमा पतञ्जलि योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारी लवदेव गुरुले प्रशिक्षण प्रदान गरेका थिए। - रासस

प्रकाशित: Mar 19, 2022| 16:15 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।