शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिवि शिक्षण अस्पतालमा पदाधिकारी चयनप्रति प्रजातन्त्रवादी प्राध्यापक संघको ध्यानाकर्षण

त्रिवि शिक्षण अस्पतालमा पदाधिकारी चयनप्रति प्रजातन्त्रवादी प्राध्यापक संघको ध्यानाकर्षण

त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा मनोमानी ढंगले पदाधिकारी चयन भएको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आपत्ति जनाएको छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा मनोमानी ढंगले पदाधिकारी चयन भएको भन्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आपत्ति जनाएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रचलित ऐन, कानुन विपरीतका गतिविधि एवं गैरजिम्मेवार निर्णयले संस्थाको गरिमामा आँच आउने भन्दै त्यस्ता निर्णय सच्याउन माग गरेको छ।

'सम्बन्धित विभाग र विभागीय प्रमुखको शैक्षिक अधिकारलाई कटौती गर्नु तथा त्यस्ता विभागमा आवश्यक जनशक्तिको नियुक्ति गर्दा सम्बन्धित विभाग प्रमुख एवं प्राध्यापकसँग समन्वय नगरिनु अत्यन्तै दुखद्पूर्ण छ,' विज्ञप्तिमा भनिएको छ।  पद र शक्तिको दुरुपयोग गर्दै नेपाल प्रहरीको बल प्रयोग गर्नु, संवादको वातावरण सिर्जना नगर्नु र विद्यार्थीका जायज मागको बेवास्ता गर्नु आपत्तिको विषय भएको संघको भनाइ छ।

संघले तत्काल संवादको वातावरण सिर्जना गर्न माग गरेको छ। संवादको वातावरण सिर्जना नभए आफूहरू आन्दोलनमा उत्रिने संघको चेतावनी छ।


प्रकाशित: Mar 19, 2022| 14:19 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।