सोमबार, असार ८, २०८३

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाहीको कविलासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

 सर्लाही- सर्लाहीको कविलासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

National life

कविलासी नगरपालिका–६, जमुनियास्थित भित्री सडक खण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा भारतीय नम्बर प्लेट बिआर ३० क्यू ५२९२ नम्बरको मोटरसाइकल चालक कविलासी नगरपालिका–२, निवासी २८ वर्षीय धर्मेन्द्र रामको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका रामलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याइएकोमा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार कविलासी नगरपालिका–२, निवासी २३ वर्षीय राजु रामको खुट्टामा गहिरो चोट लागेको छ। दुर्घटनामा संलग्न बिआर ०६ सिएफ ५३५७ नम्बरको मोटरसाइकल चालक चक्रघट्ट गाउँपालिका–५, बस्ने ३० वर्षका राजकुमार यादव र पछाडि बसेका सोही स्थानका ३० वर्षका हरिओम यादवको टाउको, अनुहार र हातखुट्टामा गहिरो चोट लागेको छ।

Shivam cement

उनीहरू दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

प्रकाशित: Mar 19, 2022| 13:41 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।