सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको श्रममन्त्रीको भनाइ

लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको श्रममन्त्रीको भनाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

National life

संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणका क्रममा मन्त्री श्रेष्ठले नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरूको भेटमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। 

काउन्सिलका अध्यक्ष डा. असिफ अली सिद्धिकी नेतृत्वमा नेपाली व्यवसायीले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताएका थिए। 

वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने बताए।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफू प्रयत्नशील रहेको बताए। मन्त्री श्रेष्ठले विदेशमा नेपालीले आर्जेको सीप र पुँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। 

Shivam cement

नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। व्यवसायीहरूले यूएईमा भिजिट भिसाबाट सिर्जित समस्याको समाधान गर्न आग्रह गरे। 

भिजिट भिसा सम्बन्धी समस्या समाधानका लागि यूएई सरकारसँग मिलेर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले सकेसम्म यूएई मै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकाहरूलाई मिनाहा गर्न र नेपाल लैजानैपर्नेहरूलाई उद्धारमा सहयोग गर्ने प्रतिबद्धता यूइई सरकारले जनाएको बताए।

प्रकाशित: Mar 19, 2022| 13:34 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।