सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौले पैँयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरी उपभोक्तालाई हस्तान्तरण गरिएको छ।
नगरपालिका र सेवक नेपाल संस्थाको साझेदारीमा धौले पैँयुखर्कमा २६ वटा धारा निमार्ण गरी पानी वितरण थालेको नगर प्रमुख डम्बर अर्यालले बताए। नगरपालिकाको १३ लाख, सेवक नेपालको १० लाख १० हजार १९ रुपैयाँ जनश्रमदानबाट धारा निमार्ण गरिएको हो।
धौले पैँयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित खानेपानी आयोजनाबाट घरमै पानी झरेपछि स्थानीय बासिन्दा खुसी भएका छन्। वषौँदेखि भोग्दै आएको खानेपानीको समस्या पनि समाधान भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताए।