सोमबार, असार ८, २०८३

ककनीमा आगलागी हुँदा तीन घर जलेर नष्ट

नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा शुक्रबार राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

नुवाकोट- नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा शुक्रबार राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो। 

National life

तीनै जना दाजु भाइ हुन्। आगलागीबाट उनीहरूको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति जलेर नस्ट भएको छ।

स्थानीय र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएको थियो। तर, पनि घरमा भएका सामान र धनमाल जोगाउन नसकिएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए।

आगलागीको कारण यकिन नभए पनि विद्युतीय मिटर बक्सबाट शुरू भएको देखिएकाले विद्युत् सर्ट भएर  हुनसक्ने प्रहरीको अनुमान छ। 

प्रकाशित: Mar 19, 2022| 10:55 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।