सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होलीको दिन सुदूरपश्चिममा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

होलीको दिन सुदूरपश्चिममा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

होलीमा सुदूरपश्चिममा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परी १५ जना घाइते भएका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

कैलाली- होलीमा सुदूरपश्चिममा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परी १५ जना घाइते भएका छन्। 

National life

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीमा दुई, डोटी, अछाम र बझाङमा एक-एक जना गरी पाँच जनाको ज्यान गएको हो।

शुक्रबार कैलालीको टीकापुर नगरपालिका ४ असनेरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा १७ वर्षीय अन्जील कार्की र प्रजापति चौधरीको मृत्यु छ। से३प ९७४६ र लु७४प ४०७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा अन्जीलको टीकापुरमै र प्रजापतिको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बझाङको बुंगल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुंगल नगरपालिका–६ झापाबाट वडानम्बर ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प ७०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुंगल नगरपालिका–५ मिडीका २५ वर्षीय सुरेश कुँवरको मृत्यु भएको हो। कुँवर रेडियो सेरोफेरो बझाङमा कार्यरत थिए। 

यस्तै डोटीमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा आदर्श गाउँपालिका-२ साउद काँडाका दुरज साउद रहेको प्रहरीले जनाएको छ। बालकलाई शुक्रबार सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

Shivam cement

यसैगरी बिहीबार मंगलसेनबाट साफेबगर जाने क्रममा मंगलसेन साँफेबगर सडक खण्ड अन्तरगत कैलाशखोला नजिक ओलीगाउँ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको छ। से ६प१८९९ नम्बरको दुर्घटनामा परि मङ्गला नेरा मावि ओलीगाउँका लेखापाल माधव शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रकाशित: Mar 19, 2022| 10:35 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।