बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज शताब्दीकै लामो चन्द्रग्रहण : कुन राशीलाई कस्तो फल ?

आज शताब्दीकै लामो चन्द्रग्रहण : कुन राशीलाई कस्तो फल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शुक्रबार यस शताब्दीकै लामो चन्द्रग्रहण लाग्ने भएको छ । शुक्रबार मध्यरातमा लाग्ने चार घण्टाको खग्रास चन्द्रग्रहण शताब्दीकै लामो रहेको खगोलविद्ले जनाएका छन् । 

रातको १२ बजेर ९ मिनेटबाट सुरु हुने चन्द्रग्रहण ४ बजेर ४ मिनेटसम्म देख्न सकिने जनाइएको छ । सामान्यतया बढीमा ३ घण्टासम्मको  ग्रहण लाग्ने गरेपनि आज भने ४ घण्टा लामो चन्द्र ग्रहण लाग्न लागेको हो । 

संसारका विभिन्न देश र नेपालबाट पनि प्रस्टरुपमा ग्रहण देख्न सकिनेछ । ग्रहण १२ बजेदेखि देखिए पनि यसको असर भने नौ बजेदेखि नै सुरु हुने खगोलविद्हरुको भनाई छ । 

ग्रहण लागेको समयमा तान्त्रिकले तन्त्रको साधना तथा अघोरी मन्त्रको साधना गर्दा सिद्घि प्राप्त हुने विश्वास गरिन्छ । ग्रहणका बेला खाना नखान तथा घरबाहिर ननिस्किन खगोविद्हरुले सुझाव दिएका छन् । यस्तो ग्रहणका बेला शरिरमा हानि पुर्याउने विभिन्न खाले विकिरणहरु खस्ने उनीहरुको भनाई छ ।  

कुन राशीलाई कस्तो फल ? 

शुक्रबार राती लाग्ने ग्रहणको फल राशीअनुसार फरक फरक रहेको छ । कुनै राशीलाई सुख प्रप्ति, धन लाभ देखिएको छ भने कुनै राशीलाई व्यथा र व्यय देखिएको ज्योतिषहरुले बताएका छन् । 

मेष : सुख

वृष : मान नाश

मिथुन : कष्ट

कर्कट : स्त्री पिडा 

सिंह : सुख

कन्या : चिन्ता

तुला : व्यथा

वृश्चिक : धन प्राप्ति

धनु : क्षति

मकर : घात

कुम्भ : व्यय

मीन : लाभ
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।