सोमबार, असार ८, २०८३

मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष बने ‘महामुर्ख’

होलीको अवसरमा जनकपुरधाममा प्रत्येक वर्ष महामूर्ख सम्मेलन हुने गरेको छ। मिथिला नाट्यकला परिषद् (मिनाप)ले यस वर्ष मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई ‘महामूर्ख’को उपाधि प्रदान गरेको छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

जनकपुरधाम- होलीको अवसरमा जनकपुरधाममा प्रत्येक वर्ष महामूर्ख सम्मेलन हुने गरेको छ। मिथिला नाट्यकला परिषद् (मिनाप)ले यस वर्ष मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई ‘महामूर्ख’को उपाधि प्रदान गरेको छ।

National life

महामूर्ख घोषित भएका उनलाई प्रशस्ति पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला लगाएर सुशोभित गरी सम्मान गरिएको छ।

मिनापले २०६१ सालदेखि भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरण, राजनीति जस्ता विधामा उत्कृष्ट प्रदर्शन गरी समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई महामूर्ख उपाधि प्रदान गर्दै आएको छ। 

मिनापले महामूर्खका साथै विभिन्न पदवीबाट समाजका अगुवालाई सम्मान गर्ने गरेको छ। यस पटक प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश बिक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख उपाधि प्रदान गरिएको छ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिटका उपाधि दिइएको छ।

Shivam cement

मिथिला चित्रकलाका कलाकार मिथिलेश्वरी कर्णलाई लालबुझक्ड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको छ।

गत वर्षको महामूर्खको उपाधी नेपालका चर्चित हास्य कालाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह )जोडीलाई प्रदान गरिएको थियो।

प्रकाशित: Mar 19, 2022| 10:07 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।