सोमबार, असार ८, २०८३

ट्याक्टरबाट खसेर भक्तपुरमा युवकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोक नजिक बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोक नजिक बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ।

National life

शुक्रबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बालुवा सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर उदयपुर गाईघाट घर भई हाल ललितपुरको इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ट्याक्टरबाट अचानक सडकमा खस्दा गम्भीर घाइते कार्कीलाई उपचारको लागि समिट अस्पताल लगिएको थियो। थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरिएकोमा बाटोमै उनको मृत्यु भएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार ट्याक्टर चालक झापाको कन्काई नगरपालिका–५ घर भई हाल ललितपुरको इमाडोलमै बस्ने २७ वर्षीय रोशन गुरुङलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: Mar 19, 2022| 09:59 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।