सोमबार, असार ८, २०८३

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पुथाउत्तरगंगा गाउँपालिका–१२ गर्खानीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

 रुकुम पूर्व- पुथाउत्तरगंगा गाउँपालिका–१२ गर्खानीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्।

National life

पुथाउत्तरगंगा–१४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको रा१त ३३७३ नम्बरका ट्रयाक्टर शुक्रबार बेलुकी गर्खानीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका तीनजनामध्ये एकको रुकुमपूर्व अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

घाइते दुईजनालाई राति रुकुमपूर्व अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीको भनाइ छ । घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको छ। पुथाउत्तरगंगा–१० का वीरप्रताप बुढा मगरको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुने पुरुष र गम्भीर घाइते भएका पुरुषको पहिचान खुल्न सकेको छैन। ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 19, 2022| 09:10 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।