सोमबार, असार ८, २०८३

पर्यटक लिन गएको सवारी दुर्घटनामा चालकको मृत्यु

जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा शुक्रबार स्करपियो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८
National life
Shivam cement

कास्की- जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा शुक्रबार स्करपियो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल इको भिलेजमा दिउँसो १२:४५ बजे पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको गाडी घलेल–कालीमाटी सडक खण्डको तादी खोला पारी उकालोमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। 

दुर्घटना लगत्तै भिँडाबारी प्रहरी चौकीबाट गएका सुरक्षाकर्मी र स्थानीयवासीले चालकको उद्धार गरेका थिए। दुर्घटनामा परेको गाडी अस्तामस्थित अन्नपूर्ण इको भिलेजको रहेको बताइन्छ। मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यमा पठाइएको मर्दी हिमाल इको भिलेजका प्रवन्ध निर्देशक शिवप्रसाद भण्डारीले जानकारी दिए। 


प्रकाशित: Mar 18, 2022| 22:30 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।