बुधबार, असार ३१, २०८३

आजका अखबार : १० वर्ष मेडिकल कलेज खोल्न रोक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले डा. गोविन्द केसीले २७ लिन लामो अनशन तोडेको विषयलाई मुख्य समाचार बनाएका छन् । 

सरकारसंग ९ बुँदे सहमती भएसंगै डा केसीले आफ्नो १५ औं अनशन २७ दिनमा आएर टुङ्ग्याएका छन् । सरकारले डा केसीले उठाउँदै आएको चिकित्सा शिक्षा सुधारसम्बन्धी माग र प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरिय कार्यदलको प्रतिवेदन २०७२ लाई कार्यान्वयन गर्ने सहमती गरेपछि केसीले अनशन तोडेका हुन् । 

यसैविषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने शीर्षकमा समाचार लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले चिकित्सा शिक्षा सुधारको कोसेढुंगाः २७ औं दिनमा केसीले अनशन तोडे शीर्षमा खबर छापेको छ ।

बुधबार राती भएको सहमती अनुसार उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखुल्ने, आशयपत्र लिई पूर्वाधार बनाएका कलेजलाई सरकारले किन्न सक्ने, उपत्यका बाहिर जान चाहेमा प्रोत्साहन सुविधा दिइने भएको छ । 

यस्तै एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, मेडिकल कलेजहरुले ७५ प्रतिशत छात्रवृति दिनुपर्ने, मेडिकल कलेज चलाउन ३ वर्षसम्म आफ्नै अस्पताल सञ्चालन गरेको हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विधार्थी भर्ना गर्नेबारे कार्यदल बनाउने सहमती भएको आजका पत्रपत्रिकाले लेखेका छन् । यस्तै सरकार डा केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक संसोधन गर्न पनि सरकार तयार भएको छ । 

यसैगरि आजका पत्रपत्रिकाले प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशीको संसदीय सुनवाई भएको, रसुवामा पहिरोले पुरिएर ९ जनाको ज्यान गएको, पाकिस्तानमा पूर्वक्रिकेटर इमरान खानको पार्टीले अग्रता लिएको विषयलाई पनि महत्वका साथ पहिलो पृष्ठमा छापेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।