सोमबार, कात्तिक ९, २०८३

'जुरेली दर्शन'मार्फत लोकगीतको इतिहास खोतल्ने आत्मकथा

जुरेली चराबाट सुरु भएको कथा जुरेली चरामा नै अन्त्य हुन्छ। यस्तो हुनुले जुरेली दर्शनलाई स्थापित गर्न खोजेको ज्योतिको भनाइ छ। पुस्तकले लोकगीतको इतिहास बोलेको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

ललितपुर- शुक्रबार १ सय २ वर्षका संस्कृतविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आत्माकथा ‘सत्यमोहन’ पाटन दरबार संग्राहलयमा लोकार्पण भयो। पुस्तकका लेखक पत्रकार गिरिश गिरीले जोशीलाई पुस्तक हस्तान्तरण गरेपछि जोशीले नै पुस्तक लोकार्पण गरे। 

कार्यक्रममा भाषाविद् डा ज्योति तुलाधारले पुस्तकमाथि बोल्ने अवसर प्राप्त गर्नु नै सौभाग्य भएको बताइन्। ‘तीन दशकदेखि सत्यमोहन दाईसँग मेरो चिनजान थियो तर उहाँमाथि लेखिएको किताबमाथि बोलुँला भनेर कहिल्यै सोचेकी थिइनँ। यो अवसर हो मेरो लागि,' उनले भनिन्। 

सत्यमोहनले लेखेका पुस्तकलाई आफूले अंग्रेजी अनुवाद पनि गरेकी छन् ज्योतिले। पुस्तकमा जोशीको प्रशंसा गर्दै भनिन्, ‘यो किताब आत्माकथा भन्दा पनि संस्मरणजस्तो लाग्यो। यसमा उहाँको अन्तरमनमा रहेका कयौं कथा छन् जो अहिलेसम्म बाहिर आएका थिएनन्। पुस्तकले ल्याएको छ।’ 

पुस्तकमा जुरेली दर्शनका विषय छन्। जुरेली चराबाट सुरु भएको कथा जुरेली चरामा नै अन्त्य हुन्छ। यस्तो हुनुले जुरेली दर्शनलाई स्थापित गर्न खोजेको ज्योतिको भनाइ छ। पुस्तकले लोकगीतको इतिहास बोलेको छ। 

जोशी न्युजिल्यान्ड जाँदा ‘डान्स’ गरेको फोटो रहेको कुरा कार्यक्रम सञ्चालक दिलभुषण पाठकले मञ्चमा सम्झिए। पाठकले जोशीको आत्मकथाको तीन पेज पढेर सुनाएका थिए।  

नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले नेपाली लोक संस्कृतिमा सत्यमोहनको अनुभव र ज्ञानले शिखर चुमेको बताए। ‘हिमाल जस्तो जोशी दाईको बारेमा लोक संस्कृतिमाथि बोल्न हामीले सक्दैनौँ। यसका लागि दाई नै काफी हुनुहुन्छ,’ गुरुङले प्रशंशा गरेका थिए। 

जुरेली चराबाट सुरु भएको कथा जुरेली चरामा नै अन्त्य हुन्छ। यस्तो हुनुले जुरेली दर्शनलाई स्थापित गर्न खोजेको ज्योतिको भनाइ छ। पुस्तकले लोकगीतको इतिहास बोलेको छ।

गुरुङले लोकगीतका बारेमा बाल्यकालको घटना सम्झिए, ‘हजूरआमाले गीत नगा, दुखी हुन्छस भन्नु भएको थियो। आफ्नै लागि गाउन थालेको मैले बिस्तारै लोकलयतिर आकर्षित भएँ। बाल्यकालमा गाएको ‘सुनीमा भाका’ हरायो। अब गाउन छोडियो, सुन्न छोडियो। यसमा अचम्म मान्नु पर्दैन।’ 

श्रुति परम्परामा आधारित लोकगीत नयाँपुस्तामा हस्तान्तरण हुँदै आए पनि अहिले लोक संस्कृति हेर्नका लागि मात्रै भएकोप्रति उनको गुनासो छ। ‘एक जुनीमा सत्यमोहन दाईले जति काम गर्नु भयो अरुले यति धेरै विधामा काम गर्न सक्लान् जस्तो लाग्दैन।’

सत्यमोहन जोशीले आफ्नो किताबको बारेमा बोल्ने क्रममै भने, ‘मभित्रको आफूलाई कसरी थाहा पाउने? मैले त अब पो चिन्न खोज्दैछु।’ 

शून्यता र रुपको दोसाँधमा उभिएको ‘जुरेली दर्शन’लाई नेपाली लोकगीतको इतिहासले दीर्घजीवी अथवा चीरञ्जीवी जुरेली चरोझैं प्रतीत हुन थाल्छ,' उनले भने । 

बुद्व दर्शनअन्तर्गत ‘आर्य शक्ति’को कुरा पनि जोशीले गरे। लोकगीतको इतिहासका बारेमा ‘जुरेली दर्शन’बाट स्पष्ट पार्न खोजेको बताए। उनले भने, ‘लोक संस्कृतिले पनि विकास ल्याउने र सद्भाव कायम राख्छ। नेपाली हुनुको भावना जागृत गर्नेछ।’ 

लेखक गिरिशले ७ महिनामा पुस्तक तयार पार्दाका अनुभव बाँडे। आफूले सेतोपाटी र देश सञ्चारमा काम गरिरहँदा शृंखलाबद्ध अनुभूति र किस्सा लेखिरहँदै गर्दा पुस्तकाकार दिन सम्भव भएको गिरिशको भनाइ छ। 

बुकहिलबाट प्रकाशन भएको पुस्तकको मूल्य ८ सय रुपैयाँ राखिएको छ।

प्रकाशित: Mar 18, 2022| 19:10 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।