बुधबार, असार ३१, २०८३

२७ दिनपछि डा केसीले तोडे अनशन, यी ९ विषयमा भयो सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- लामो रस्साकस्सी र संघर्षपश्चात् अन्तत: डा गोविन्द केसीले २७ दिन लामो १५ अौं अनशन तोडेका छन्।

माथेमा अायोगका संयोजक केदारभक्त माथेमा र नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले संयुक्त रुपमा जुस खुवाएर अनशन तोडाएका हुन्।

डा केसीकाे माग पुरा गर्ने सहमतिपत्रमा हस्ताक्षरपश्चात डा केसी अनशन तोड्न मानेका हुन्। २७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच बिहीबार राति दस बजे सहमति भएको हो। ‘सबै विषयमा डा. केसीसँग सहमति भएको छ,  केसी पक्षका वार्ता समितिका सदस्य वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने।

बुधबार राती भएको सहमती अनुसार उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज राेक लगाइएकाे छ भने आशयपत्र लिई पूर्वाधार बनाएका कलेजलाई सरकारले किन्न सक्ने र उपत्यका बाहिर जान चाहेमा प्रोत्साहन सुविधा दिइने भएको छ । 

यस्तै एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, मेडिकल कलेजहरुले ७५ प्रतिशत छात्रवृति दिनुपर्ने, मेडिकल कलेज चलाउन ३ वर्षसम्म आफ्नै अस्पताल सञ्चालन गरेको हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विधार्थी भर्ना गर्नेबारे कार्यदल बनाउने सहमती भएको छ। यस्तै सरकार डा केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक संसोधन गर्न पनि सरकार तयार भएको छ । 

 बिहीबार दिनभरि डा. केसी र सरकार पक्षबीच विभिन्न चरणमा वार्ता भएको थियो। गत असार १६ गते जुम्लाबाट डा केसीले अनशन सुरु गरेका थिए । अनशनको २० औं दिनमा सरकार उनको स्वास्थ्य अवस्था गम्भिर बनेको भन्दै जबर्जस्ती काठमाडौं ल्याएको थियो । 


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।