ललितपुर- १ सय २ वर्षका संस्कृतविद तथा शताब्दी पुरुष सत्यमोहन जोशीको 'आत्मकथा' लोकार्पण भएको छ। जोशीको आत्मकथा पाटन संग्रालयमा एक कार्यक्रमका बीच विमोचन भएको हो।
पुस्तकमाथि समालोचक भाषाविद् डा. ज्योति तुलाधार संयोगले जोशीको अन्तर आत्माका कुरा खोलेर पुस्तक लेखिएको बताइन्। पुस्तकमा जोशी पछिल्लो समय कोरोना संक्रमित हुँदासम्मका कथा समेटिएका छन्।
लेखक/पत्रकार गिरिश गिरीको लेखनमा जोशीको 'आत्मकथा' प्रकाशन भएको हो।
आफ्नो आत्मकथा आफैँ सार्वजनिक गरेका जोशीले पुस्तकमार्फत् जुरेली दर्शनलाई नेपाली लोकगीतको इतिहासले दीर्घजीवी अथवा चीरञ्जीवी जुरेली चरोझैं प्रतीत हुन थाल्ने बताए।