सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ४१३ सवारी कारवाहीमा

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ४१३ सवारी कारवाहीमा

मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउने ४ सय १३ वटा सवारी साधन कारवाहीमा परेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

विराटनगर- मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउने ४ सय १३ वटा सवारी साधन कारवाहीमा परेको प्रहरीले जनाएको छ।

National life

मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटीअटो, कार, ट्याक्टरसहित ४ सय १३ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। प्रहरीले मापसे सेवन गरि होहल्ला गरि हिड्ने ७ जना मानिस नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मुकारुङले बताए।  

यसैबीच, होलीमा मादक पदार्थ सेवन गरेर मोटसाइकल चलाउने मोरङका दुई युवाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ। 

को २५प८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कटहरी-५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका १ का १८ वर्षीय रिसभ चौधरीको शुक्रबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो। उनीहरुको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसी मन्जिल मुकारुङले जानकारी दिए।

प्रकाशित: Mar 18, 2022| 18:00 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।