बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साना व्यवसायीमाथि सरकारले नै निषेधको नीति लिएको छ : निर्माण व्यवसायी महासंघ

साना व्यवसायीमाथि सरकारले नै निषेधको नीति लिएको छ : निर्माण व्यवसायी महासंघ

नेपाल निर्माण व्यवसायी महासंघले साना व्यवसायीहरुको वृद्धि विकासमा सरकारले नै निषेधको नीति लिएको आरोप लगाएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले साना व्यवसायीहरुको वृद्धि विकासमा सरकारले नै निषेधको नीति लिएको आरोप लगाएको छ।

शुक्रबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएको हो। पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले साना निर्माण व्यवसायीहरुलाई सीमित ठेक्का लिन पाउने व्यवस्था गरेर निषेधको नीति लिएको बताएका हुन्। 

ठूला निर्माण व्यवसायीलाई हरेक विधामा ३/३ वटा र ३ अर्बभन्दा मुनिको काममा ५ वटा ठेक्का लिन पाउने व्यवस्था गरेकोप्रति पनि महासंघको घोर आपत्ति रहेको उनले बताए। अध्यक्ष सिंहले सरकारसँग सहमतिको ड्राफ्टमा ६० प्रतिशतको एउटा र ४० प्रतिशतको २ वटा भन्ने स्पष्ट आएपनि अहिले सार्वजनिक खरिद नियमावली ११औँ संशोधन राजपत्रमा प्रकाशित गर्दा ८० प्रतिशत हुँदा एउटा त्यो पनि एक अर्ब भन्दा मुनिको मात्रै बनाएर प्रकाशित गरेकोप्रति आपत्ति जनाए।

उनले केही बिचौलियाहरुले एकलौटी रुपमा विकास निर्माणका ठेक्का लिएर राज्य कोषको दूरुपयोग गरिरहेको दोहोर्‍याउनु भयो। महासंघले २२ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै हाल बजारमा निर्माण सामग्रीहरू बिटुमिन, नदीजन्य सामग्री फलामजन्य सामग्री र सिमेन्ट लगायतका हरेक सामानमा मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे कायम गर्ने पनि बताएको छ।

प्रकाशित: Mar 18, 2022| 17:53 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्