काठमाडौं– नाबालिगलाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शाहमाथि अनुसन्धान गर्न यसअघि प्रहरीले दुईपटक अदालतबाट म्याद लिइसकेको छ। तनहुँ जिल्ला अदालतले सुरुमा सात दिन म्याद दिएकोमा फागुन २२ गते १२ दिनको म्याद थपेको थियो। दोस्रोपटक म्याद थप भएसँगै पल २४ दिन प्रहरी हिरासतमा रहने पक्का भएको छ।
उता, नवलपरासी (पूर्व) स्थित इलाका प्रहरी कार्यालय गैंडाकोटमा परेको यस्तै उजुरीमा भने प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरिसकेको छ।