बिहीबार, असोज १५, २०८३

आठ महिनामा २४४.१२ प्रतिशतले बढ्यो कर्जा

चालू आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुन)मा वाणिज्य बैंकहरुले १ खर्ब ३१ अर्ब १२ करोेड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं– पछिल्लो समय तरलता अभावको संकटबाट गुज्रिरहेका वाणिज्य बैंकहरुले निक्षेपको तुलनामा कर्जा २४४.१२ प्रतिशत बढी प्रवाह गरेका छन्।

चालू आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुन)मा वाणिज्य बैंकहरुले १ खर्ब ३१ अर्ब १२ करोेड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।

नेपाल बैंकर्स एसोेसिएसनको तथ्यांकअनुसार पछिल्ला चार महिना –मंसिर, पुस, माघ र फागुन) मा भने वाणिज्य बैंकहरुको कर्जा प्रवाहमा लगाम लागेको छ। आवको पहिलो चार महिनामा आक्रामक रुपमा कर्जा विस्तारमा लागेका वाणिज्य बैंकहरुले पछिल्लो चार महिनामा भने तरलता संकटका कारण मासिक ३० अर्ब रुपैयाँ पनि कर्जा प्रवाह गर्न सकिरहेका छैनन्। 

फागुन महिनामा २७ वटा वाणिज्य बैकले १७ अर्ब १५ करोड रुपैयाँमात्र कर्जा प्रवाह गरेका छन्। निक्षेप भने २२ अर्ब संकलन भएको छ। 

अघिल्लो आर्थिक वर्षमा कोभिड–१९ का कारण उद्योगधन्दा बन्द हुँदा कर्जा प्रवाह भएन। तर चालू आर्थिक वर्षमा सबैजसो उद्योग खुलिसकेका छन्। बैंकहरुसँग पनि पर्याप्त रकम भएकाले एकल अंकमा नै कर्जा प्रवाह गरे। जसका कारण उनीहरुसँग भएको तरलता चार महिनामा नै सकियो। बजारमा तरलता नथपिँदा पछिल्लो समय भने बैंकहरु तरलता अभावबाट गुज्रिरहेका छन्। 

हेर्नुस् २७ वटा वाणिज्य बैंकको निक्षेप र कर्जाको अवस्था (रकम रु. अर्बमा)



प्रकाशित: Mar 18, 2022| 15:54 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्