सोमबार, असार ८, २०८३

बाँकेबाट चोरिएको मोटरसाइकल काठमाडौंमा बरामद

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भु भुइँखेलबाट नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भु भुइँखेलबाट नियन्त्रणमा लिएको छ।

National life

कालीकोटको महावै गाउँपालिका-२ घर भई भक्तपुर सल्लाघारी बस्दै आइका २३ वर्षीय पञ्चबहादुर सिंहलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ। उनलाई बाँकेको कोहलपुरबाट हराएको प्रदेश ३-०२,००३ प २४७३ नम्बरको २०० सिसीको पल्सर एनएस मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाइकलको वास्तविक नम्बर भे१०प ४३६२ भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल आशीष गुरूङको रहेको समेत पत्ता लागेको प्रहरीले बताएको छ। सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारी प्रहरीले दिइसकेको छ।

सिंहले चैत २ गते यातायात व्यवस्था कार्यालय बागमतीले सञ्चालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति-पत्र ए वर्गको परीक्षामा जिल्ला बाँकेको खजुरा गाउँपालिका-३ का कविन्द्र शाहीको नागरिकता प्रमाणपत्रमा आफ्नो फोटो टाँसी प्रयोगात्मक परीक्षा दिएको समेत खुल्न आएको छ।

मोटरसाइकल र सिंहलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ।

Shivam cement

प्रकाशित: Mar 18, 2022| 12:50 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।