सोमबार, असार ८, २०८३

ब्राउन सुगरसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक रहेका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

बर्दिया- ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक रहेका छन्।

National life

बर्दिया बढैयाताल गाउँपालिका-८ कण्ठपुरस्थित नेपाल-भारत सीमा नाकामा ६८ ग्राम ९ सय ३० मिलीग्राम ब्राउन सुगरसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बिहीबार गोप्य सूचनाको आधारमा ब्राउन सुगरको कारोबार भइरहेको अवस्थामा खानतलासी गर्दा भारत बहराइच जिल्ला थाना मोतीपुर ग्राम बरथनवा गाउँ शिवरात्रीपुरका २५ वर्षीया सबिना साई, सोही ठाउँ बस्ने २६ वर्षीय सद्दाम साई र काठमाडौं महानगरपालिका–७ का ४७ वर्षीय सुमन केसीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए।

काठमाडौंका कारोबारीलाई भारतबाट बेच्न ल्याएको ब्राउन सुगरसहित तीन जनालाई बिहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक शाहीले बताए।

प्रकाशित: Mar 18, 2022| 12:32 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।