सोमबार, असार ८, २०८३

दाङका सामुदायिक वन डढेलोको उच्च जोखिममा

बिहीबार डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग अन्तरक्रियाको क्रममा चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको जनाएको छ।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

दाङ- गर्मी र हावाहुरीको मौसम सुरु भएसँगै दाङमा वन क्षेत्रमा आगलागीको जोखिम बढेको छ। विभिन्न उपाय अवलम्बन गर्दै आए पनि बर्सेनि वन क्षेत्रमा आगलागी हुँदै आएको छ। जिल्लाका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन्। 

National life

बिहीबार डिभिजन वन कार्यालय दाङले वन डढेलो नियन्त्रणका तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग अन्तरक्रियाको क्रममा चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको जनाएको छ।

त्यस्तै, ४६ वटा सामुदायिक वन समूह वन डढेलोको मध्यम जोखिममा रहेको जानकारी गराइको थियो। पछिल्लो ९ वर्षमा दाङको ६ सय १४ स्थानमा आगलागी हुँदा करिब ४३ हजार वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय दाङले जनाएको छ। 

कसैले वनमा आगो लगाएमा त्यस्तो कार्यलाई फौजदारी अपराधको रूपमा लिई वन ऐन २०७८ अनुसार ६० हजार सम्म जरिवाना, तीन वर्षसम्म कैद सजाय वा दुवै हुने व्यवस्था रहेको छ।

यस्तै, जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजन जिल्ला समन्वय अधिकारी जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम गरी वन कार्यालयले वन डढेलो नियन्त्रणको योजना सुनाएका थिए।

Shivam cement

जसअनुसार डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजन अधिकृत मोहन श्रेष्ठले जिल्लामा वन डढेलोको अवस्था, वन डढेलो नियन्त्रणका लागि कार्यालयले थालेको तत्कालीन र दीर्घकालीन योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरे।

वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार गर्ने, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कुल शिक्षा दिने, अग्निरेखा निर्माण र मर्मतलगायतका कार्यक्रम गरिने उल्लेख छ। वनमा डढेलो लगाइनुहुन्न भन्ने जनचेतनाको अभाव, वनमा च्याउ, जडीबुटी र अन्य पालुवा उमार्नका लागि आगो लगाउनु, चोरी सिकारीका लागि जनावरलाई छेक्न र वनमा डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्न नसक्दा र वन पैदावारको व्यवस्थापन हुन नसक्दा वन डढेलो लाग्ने गरेको श्रेष्ठले जानकारी दिए।

सामुदायिक वनमा उपभोक्ता समूहले वैज्ञानिक वन व्यवस्थापन खारेजीका कारण र आफ्नो वनको कार्ययोजना समयमा बन्न नसक्दा वनमा काम गर्न वन सुकेका काठ, पातपतिंगर अस्तव्यस्त रूपमा रहने र त्यसको व्यवस्थापनका लागि काम नगर्दा वन डढेलोको जोखिम बढेको कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 19, 2022| 06:30 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।