शुक्रबार, साउन २९, २०८३

पुरुषको शव फेला

धनकुटा नगरपालिका-९ को गुठीटारमा एक पुरूष मृत फेला परेका छन्। महेन्द्र राईको खाली घरमा केही दिनदेखि बस्दै आएका तेह्रथुम घर बताउने करिब ६० वर्षीय टंक ओझा मृत फेला परेका हुन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

धनकुटा- धनकुटा नगरपालिका-९ को गुठीटारमा एक पुरूष मृत फेला परेका छन्। महेन्द्र राईको खाली घरमा केही दिनदेखि बस्दै आएका तेह्रथुम घर बताउने करिब ६० वर्षीय टंक ओझा मृत फेला परेका हुन्।

खाली घरमा मानिस मृत फेला परेको भनेर स्थानीयले खबर गरेपछि घटनास्थल पुगेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

ओझा केही दिनदेखि गाउँमा माग्दै आएका थिए। उनले तेह्रथुम घर बताए पनि वास्तविक ठेगाना यकिन नभएको प्रहरी जनाएको छ। 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शव गृहमा राखिएको छ।

प्रकाशित: Mar 18, 2022| 12:26 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।