सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्दा उठाएर खेलमैदान निर्माणमा जुटे बाम्राङका स्थानीय

चन्दा उठाएर खेलमैदान निर्माणमा जुटे बाम्राङका स्थानीय

बाम्राङस्थित कट्टीका स्थानीय बासिन्दाले आपसमा सहयोग जुटाएर खेलकुदको विकासका लागि सेभेन साइजको पर्शुराज राई बहुउद्देश्यीय खेलमैदान निर्माण गरेका हुन्।
 |  शनिबार, चैत ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत ५, २०७८

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गरेका छन्। बाम्राङस्थित कट्टीका स्थानीय बासिन्दाले आपसमा सहयोग जुटाएर खेलकुदको विकासका लागि सेभेन साइजको पर्शुराज राई बहुउद्देश्यीय खेलमैदान निर्माण गरेका हुन्।

National life

स्थानीय कट्टी प्राकृतिक सामुदायिक वन उपभोक्ता समिति र रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका स्थानीय बासिन्दाबाट आर्थिक सहयोगमा सङ्कलन भएको दुई लाख ५२ हजार रूपैयाँ खर्चमा खेलमैदान निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपा राईले जानकारी दिए। भूतपूर्व बेलायती सेना पर्शुराज राईको परिवारले निःशुल्क उपलब्ध गराएको १२ रोपनी जग्गामा ६० मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो।

निर्माणाधीन खेलमैदानका लागि थप जग्गा आवश्यक परे राई परिवारले पुनः उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सहयोग जुटाउँदै क्रमशः नाइन साइजको बनाउने गरी खेतीयोग्य जग्गामा खेलमैदान निर्माण सुरु गरिएको हो। निःशुल्क जग्गा उपलब्ध गराएकै कारण खेलमैदानको नाम पर्शुराज राई बहुउद्देश्यीय राखिएको छ। स्काभेटर प्रयोग गरेर चार दिनमा सेभेन साइजको खेलमैदान निर्माण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको हो।

खेलमैदानका लागि निःशुल्क जग्गा उपलब्ध गराउने पर्शुराजको परिवार तथा आर्थिक सहयोग गर्ने दातालाई बुधबार सम्मानसमेत गरिएको छ। स्थानीय अजम्बरी युवा समिति, हाल हङकङ निवासी तेजप्रकाश राई, बाम्राङ युवा क्लबका अध्यक्ष कृतमान राईलगायतको अगुवाइमा कट्टीमा खेलमैदान निर्माण सुरु गरिएको हो।

दश स्थानीय तह रहेको जिल्लाका हरेक वडामा खेलमैदान निर्माण गर्ने क्रम धमाधम भइरहेको छ। जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा एक–एकवटा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण सुरु गरेका छन्। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदान स्तरोन्नति सुरु गरिएको छ। एक नं प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा स्तरोन्नति थालिएको माटीकोरे खेलमैदान विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर बोलपत्र आह्वानसमेत गरिएको छ।  रासस

Shivam cement

प्रकाशित: Mar 19, 2022| 05:30 शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।