काठमाडौं- प्रहरीले सिरहाबाट इटालियन पस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी नगरपालिका-११ का ४२ वर्षीय ब्रमदेव यादव रहेका छन्।
धनगढी नगरपालिका-११ आँप चोकबाट यादवलाई बिहीबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनको साथबाट एक थान इटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बिआर३२एबी ०४४९ नम्बरको मोटरसाइकलमा सवार यादवको साथबाट हतियार बरामद भएको सिरहा प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।