शुक्रबार, साउन २९, २०८३

भेरी नदीमा बेपत्ता तीन बालबालिकाको शव फेला

सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको शव फेला परेको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

सुर्खेत- सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको शव फेला परेको छ। भेरीगंगा नगरपालिका-१३, स्थित भेरी नदीको फरक-फरक स्थानबाट तीनै जना बालबालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

हराएकामध्ये बिहीबार भेरीगंगा नगरपालिका-११, का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्णा सिंजालीको शव भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीमगरले दुवै शवलाई साँझ पोस्टमार्टमका लागि मेहलकुना अस्पताल पठाएको जनाएका छन्।

हराएकामध्ये लेकवेंशी नगरपालिका–२, का ८ वर्षीय दिनेश बुढाको बुधबार नै शव भेटिएको थियो। उनीहरू भेरी नदीमा नुहाउने क्रममा २८ फागुनदेखि हराइरहेका थिए।

प्रकाशित: Mar 18, 2022| 11:41 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।