शुक्रबार, साउन २९, २०८३

१० किलो गाँजासहित एक युवक पक्राउ

करिब १० किलो लागूऔषध गाँजासहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१३ किरतपुरका ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

जनकपुरधाम- करिब १० किलो लागूऔषध गाँजासहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१३ किरतपुरका ३२ वर्षीय सन्तोष कुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इप्रका धनुषाबाट गस्ती टोलीमा खटिएको प्रहरीले चेकजाँचका क्रममा शहिदनगर नगरपालिका-३ यदुकूहा-जनकपुर सडक खण्डबाट यादवलाई पक्राउ गरेको हो।

गस्तीको क्रममा यादवमाथि शंका लागेपछि उनले चढेको मोटरसाइकल चेकजाँच गर्दा बोरामा १० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरीले उनको साथबाट एक हजार दरका ३१ थान नोट र पाँच सयका दुई थान नोट गरी ३२ हजार रुपैयाँसमेत बरामद गरेको जनाएको छ। 

लागूऔषध मुद्दा शीर्षकमा धनुषा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान थालिएको धनुषा प्रहरीले जनाएकव छ।

प्रकाशित: Mar 18, 2022| 11:18 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।