मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिका-६, सुनाचुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौंडाबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गमा पल्टिएको हो। ना४ख ४४५४ नम्बरको बस अनियन्त्रित सडक किनारमा पल्टेको हो।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन। घाइतेहरूलाई उपचारका लागि चितवनका अस्पतालहरूमा पठाइएको छ।