काठमाडौं- चितवनको भरतपुर महानगरपालिका-५ यज्ञपुरी चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर १६ का २४ वर्षीय आरजब दराई रहेका छन्। गम्भीर घाइते दराईको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस अस्पतालमा उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
गएराति पौने ११ बजे चितवनकै चौबिस कोठीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१ प ४७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।