शुक्रबार, साउन २९, २०८३

श्रीमान‍्को कुटाईबाट श्रीमतीको मृत्यु

झापाको बिर्तामोड नगरपालिका-५ मा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

झापा- झापाको बिर्तामोड नगरपालिका-५ मा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गएको छ। श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले बिर्तामोड–५ का ४० बर्षीय श्रीमान कमल राउतलाई पक्राउ गरेको छ।

बुधबार राति राउतले घरायसी बिवाद हुँदा श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए। कुटाईबाट गम्भीर घाइते भएकी खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनरस्थित नोवेल अस्पताल लगिएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकोमा उनको बिहीबार राति मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 18, 2022| 09:31 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।