शुक्रबार, साउन २९, २०८३

तराई होली आज, जनकपुरधाममा भने भोलि मनाइने

तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ। आपसमा रङ र अबिर दलेर तराईवासीले बिहानैदेखि उल्लासका साथ होली पर्व मनाइरहेका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ। आपसमा रङ र अबिर दलेर तराईवासीले बिहानैदेखि उल्लासका साथ होली पर्व मनाइरहेका छन्।

वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यस पर्वमा एक आपसमा रङ र अबिर लगाउने चलन छ। होलीको अवसरमा तराईका जिल्लामा जोगिरासमेत गाउने गरिन्छ। होली मनाइने तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।

जनकपुरधाममा भने भोलि होली मनाइने भएको छ। मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले त्यहाँ भोलि होली मनाउन लागिएको हो।

हिजो जनकपुरधाम पुगेको परिक्रमा आज अन्तर्गृह परिक्रमा गर्ने छ र भोलि होली मनाइने छ।

प्रकाशित: Mar 18, 2022| 08:54 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।