सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

रुपन्देहीमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

रुपन्देही- रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

National life

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा बिहीबार बेलुका लु२ख ३५७३ नम्बरको टिपरले लु५८प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल-४ की ३४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनका श्रीमान र तीन वर्षीय छोरा घाइते छन्। घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।

यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको छ्। मोटरसाइकलका चालक फरार छन्। मोटरसाइकलको नम्बरसमेत खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 18, 2022| 08:30 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।