सोमबार, असार ८, २०८३

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०६ लाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जनालाई कारबाही गरेको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले बिनाहेल्मेट तीन जना चढ्ने, लापरवाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरेको जानकारी दिए। तीमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन्।

National life

होलीका अवसरमा उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने, तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्ष्य गरी रङ, लोला हान्ने, अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने, मोडिफाइ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि विशेष निगरानी गरेको महाशाखाले जनाएको छ।

पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौंमा एक हजार ३०० ट्राफिक प्रहरी खटाएर कडाइका साथ जाँच गरिएकामा नियमविपरीत सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो।

दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो। महाशाखाले होली मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ६८ स्थानमा सुरक्षाचौकी राखेर बिहानदेखि नै कडा जाँचको व्यवस्था मिलाएको थियो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जोशीले होलीलक्षित ट्राफिक व्यवस्थापन कडा गरिएका कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए।

प्रकाशित: Mar 18, 2022| 07:21 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।