सोमबार, असार ८, २०८३

कसरी अपनाउने स्वस्थ जीवनशैली?

स्वस्थ मनको लागि स्वस्थ शरीर अनिवार्य हुन्छ। हामी स्वस्थ रहयौं भनेमात्र हरेक कुरा गर्न सक्छौं।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- स्वस्थ मनको लागि स्वस्थ शरीर अनिवार्य हुन्छ। हामी स्वस्थ रहयौं भनेमात्र हरेक कुरा गर्न सक्छौं। स्वस्थ रहनको लागि केही महत्वपूर्ण कुरा ध्यान दिनुपर्ने हुन्छ। स्वास्थ्य मानिसको सबैभन्दा ठूलो चिज हो। स्वस्थ रहनका लागि हामीले खानपानदेखि व्यायाम कसरतसम्ममा ध्यान दिनुपर्ने हुन्छ।

National life

व्यायाम कसरत

हिँड्दा सामान्यतया हामी १ मिनेटमा ४० देखि ५० कदम चाल्ने गर्छाैं। तर दौडने क्रममा हाम्रो कदम ८० कदमसम्म पुग्न सक्छ। चिकित्सकहरूका अनुसार हप्तामा ५ दिन कार्डियो एक्सरसाइज गर्ने हो भने यसले शरीरलाई फिट राख्न मद्दत गर्छ। एक्सरसाइज सुरु गर्नुभन्दा पहिले ५ मिनेट वार्मअप गर्न सकिन्छ र सकिएपछि ५ मिनेटमा यो सम्पन्न गर्न सकिन्छ।

योग

दैनिक आधा घण्टा योग गर्नुहोस्। आसन, ध्यान, गहिरो सास र अनुलोम-विलोमको रूपमा यसलाई समावेश गर्नुहोस्। बिहान १०–१५ मिनेट गहिरो सास फेर्दा यसले शरीरको श्वासप्रश्वासमा हुने समस्यालाई ७० प्रतिशतसम्म समाधान गर्न सक्छ।

Shivam cement

बिहान र साँझ १०–१० मिनेटका लागि ध्यान गर्नुहोस्। यसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ र रक्तचापलाई पनि नियन्त्रण गर्छ।

मोटोपन घटाउने

महिनाभरिमा २ किलोग्रामभन्दा धेरै तौल घटाउने लक्ष्य नराख्नुहोस्। यदि तपाईंले धेरै छिटो तौल घटाउनु भयो भने फेरि निश्चित समयपछि तौल बढ्ने सम्भावना हुन्छ। किनकि अधिक खानाले मेटाबोलिजम कम गर्छ।

दैनिक ५०० क्यालोरी खपतको लक्ष्य राख्नुहोस् तर कम खाएर त्यो लक्ष लिनु उपयुक्त हुँदैन। यसको लागि खानाबाट २५० र अभ्यासबाट २५० ग्राम क्यालोरी घटाउनुहोस्।

वजन कम गर्ने समयमा ६० प्रतिशत कार्डियो र ४० प्रतिशत स्ट्रेथनिङ एक्सरसाइजको सन्तुलन राख्नुपर्छ। कार्डियोका लागि एरोबिक्स, पौडी खेल्ने, साइक्लिङ आदिको लागि छिटो हिँड्नुहोस्।

रक्तचाप नियन्त्रण

तपाईंको तल्लो रक्तचापको मात्रालाई ८० एमएमएचजी भन्दा कम राख्नुहोस्। यदि तपाईंको तल्लो रक्तचापको मात्रा सो विन्दुभन्दा बढी छ भने चिकित्सकलाई जचाउन जानुपर्छ।

स्वस्थ आहार

दिनमा ५/६ पटक थोरै थोरै खाना खाने बानी बसाल्नुहोस्। मुटु र कलेजोलाई फिट राख्न त्यस्ता चीजहरू खानु जरुरी हुन्छ। जुन खानामा पर्याप्त मात्रामा फाइबर पाइन्छ त्यस्तो खाना जस्तै गहुँ लगायतको खाना, दलिया, नरिवल जस्ता खानेकुरामा हुने कोलेस्ट्रोलले शरीरमा कोलेस्ट्रोलको समस्यालाई समाधान गराउँछ।

हरिया तरकारीहरू, सूर्यमुखी बीउहरू, फ्लेक्स बीउहरू आदि खानुहोस्। तिनीहरूमा फोलिक एसिड हुन्छ, जसले कोलेस्ट्रोलको स्तर कायम राख्न मद्दत गर्छ।

मैदा र चिनीको सेवन कम गर्ने

ट्रान्स फ्याट स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ। ट्रान्स फ्याट बनाउँदा प्रायः तेल तातो गरिन्छ वा तेललाई छिटो तताएर खाद्य वस्तु तयार पारिन्छ।

परिष्कृत कार्बोहाइड्रेट (सेतो चिनी, सेतो चामल र सेतो आटा) बोसोभन्दा धेरै हानिकारक हुन्छ। तपाईंको खानाबाट तिनीहरूलाई हटाउनु नै उपयुक्त हुन्छ। चिनीको सट्टा सखर, सेतो चामलको सट्टा खैरो चामल प्रयोग गर्न सकिन्छ।

प्रकाशित: Mar 18, 2022| 06:39 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।