सुर्खेत- चिकित्सा शिक्षा सुधारको माग राखी २७ दिनदेखि आमरण अनशनमा बसेका प्रा डा गोविन्द केसी र सरकार पक्षबीच वार्ता चलिरहदा सुर्खेतमा भने केसीको समर्थनमा नागरिक र्याली निकालिएको छ।
केसी र सरकारबिच सहमतिको अन्तिम तयार भैरहदा नागरिक सरोकार संघ सुर्खेतको अगुवाईमा सुर्खेतमा र्याली निकालिएको हो। आज चुप रहे भोली मलाई पर्दा को बोल्छ ? दुर्गम गाउँघरमा पनि गरिपका जनताका छोराछोरीले डाक्टरी बढ्न पाउन पर्छ भनेर के अपराध गरे लेखिएको ब्यानर बोकेर नागरिकहरु र्यालीमा सहभागी भएका थिए।
र्यालीपछिको कोणासभामा बोल्दै नागरिक अगुवा गेहेन्द्रप्रसाद दहालले सरकारले केसीका मागलाई तत्काल सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने बताका थिए।
त्यस्तै अर्का अगुवा कविराम पुरीले केसीको सबैभन्दा ठूलोमाग कर्णाली जस्ता दुर्गम क्षेत्रका नागरिकको पक्षमा रहेकोले आन्दोलनमा कर्णालीवासी उत्रिनुको विकल्प नभएको बताएका थिए। र्यालीमा सुर्खेतस्थित विभिन्न पेशा व्यवसायमा आबद्ध नागरिकहरुको सहभागिता रहेको थियो।
यसैबिच राष्ट्रिय जनमोर्चा सुर्खेतले पनि केसीको पक्षमा आफ्नो एकिबद्धता जनाएको छ। जनमोर्चा सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रिय प्रबक्ता रामप्रकाश पुरीले केसी गरिव नागरिकको हकअधिकारको लागि अनसन बसेको भन्दै जनमोर्चाको समर्थन रहेको बताका थिए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४