सोमबार, असार ८, २०८३

रंगैरङको पर्वमा टोखाबाट समेटिए ‘रंगिन सिर्जना’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बुद्धिष्ट संस्कृतिलाई मिथक बनाउँदै रङ्गिन सहरको परिकल्पना गर्नुभयो। उहाँले आजको दिन रङको उत्सव भएकाले त्यसमा कल्पना भरेर आफूलाई आनन्द दिने रङ्गिन सहरको कला सिर्जना गरे।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं - ललितकला क्षेत्रका कलाकारको एक समूहले बिहीबार काठमाडौंको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू-थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे। रंगैरङको पर्व होली अर्थात् फागूका अवसरमा उनीहरुले त्यहाँबाट दृश्यपान गर्न सकिने प्रकृतिका उपहारलाई जलरङले क्यान्भास भरे। 

National life

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बुद्धिष्ट संस्कृतिलाई मिथक बनाउँदै रङ्गिन सहरको परिकल्पना गर्नुभयो। उहाँले आजको दिन रङको उत्सव भएकाले त्यसमा कल्पना भरेर आफूलाई आनन्द दिने रङ्गिन सहरको कला सिर्जना गरे। 

पर्वको अवसरमा त्यसैलाई जोडेर आयोजना गरिने यस्ता कार्यक्रमले चाडपर्वको महत्वलाई अझ बढाइदिने र सिर्जनालाई थप प्रोत्साहन हुने हुँदा यसरी कार्यशाला आयोजना गर्न जरुरी रहेको लामा सुनाउछन्। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा यहाँ बिहीबार फागु विशेष कला कार्यशाला भएको हो। 

उक्त समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक एनबी गुरुङ समाज, संस्कृति र कला एकअर्कामा अन्तरसम्बन्धित हुने भएकाले पनि संस्कृति र पर्वमा कला सिर्जनाले नयाँ आयाम थपिदिने सुनाउछन्। त्यही निष्कर्षका साथ समाजले फागुपर्वको अवसरमा कला सिर्जना गरेको हो।

बिहीबार रङको पर्व हो, हामी बाह्रै महिना रङ खेलाउने मान्छे आजको यो दिनलाई उत्सवमय किन नबनाउने भनेर कलाकारको समूह टोखा पुगेको कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष गुरुङले सुनाउछन्। 

Shivam cement

'एक त पर्वको अवसरमा शुभकामना आदानपदान पनि भयो, अर्को रङको फेस्टिवलमा रङसँग जोडिएर केही गरौँ भन्ने भावनाका साथ कार्यशाला आयोजना गरेका हौं,' कार्यक्रमबारे प्रस्ट्याउँदै उनले थपे। बिहीबारको दिन सहरबजार थरिथरिका रङले सजिएका छन्। मानिसमात्रै होइन सडक, चोकचौतारा, घर बगैँचा नै रंगिन भएको छ। 

कलाकार सधैँ रङसँग खेल्ने गर्छन्। पर्वलाई अझै कलासँग जोड्दा महत्व थपिने कलाकारहरूको बुझाइ छ। टोखाको भ्यू–थलीबाट देखिने उपत्यकाको दृश्य लोभलाग्दो पनि छ। कुनै बेला उत्कृष्ट सडक निर्माण गरेको भनेर सामाजिक सञ्जालमा भाइरल भई टोखा नगरपालिकाले प्रशंसा बटुलेको उक्त स्थान साँच्चिकै रमणीय छ। 

सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यका साथै उपत्यकाको काँठ तथा प्राकृतिक दृश्यले उक्त क्षेत्र पुग्ने मानिसको मन लोभ्याइदिन्छ। यहाँ दैनिक आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी सुनाउँछन्। त्यसैले दर्जनौँ रेष्टुरेन्टहरू खुलेका छन्। अझै त्यहाँबाट उपत्यकालगायत क्षेत्रका दृश्यहरू सुन्दर देखिने भएकाले क्यान्भासमा रङ भर्न कलाकार पनि आतुर हुन्छन्।

उक्त कला कार्यशालामा कलाकारहरू लामा र गुरुङसहित डिराम पाल्पाली, दीपेन्द्रमान बनेपाली, चन्द्रा श्रेष्ठ, प्रकाश मानन्धर, सुरेश स्याङ्तान, किरण सिगु, राजेन्द्र याकमी, नेमबहादुर तामाङ, उमेशचन्द्र अधिकारी, भीम श्रेष्ठलगायतले जलरङमार्फत दृश्यलाई क्यानभासमा कैद गरे।

यसपालि कोभिड–१९ को असर कम भएकाले पनि फागु थप उल्लासमय भएको थियो। त्यस क्षेत्रमा फागु खेल्न समूहसमूहमा युवाहरू पुगेका देखिए। ती दृश्यलाई पनि कलाकारले समेट्न भ्याएका छन्। कोरोनाका बेला अनलाइनमा सीमित कला कार्यशाला कोरोनाको प्रभाव कम हुँदै जाँदा खुलेर आयोजना हुन थालेका छन्। 

प्रकाशित: Mar 17, 2022| 20:00 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।