सोमबार, असार ८, २०८३

सहकारीलाई भरतपुर महानगरको सहयोग

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गरेका हुन्। महानगरभित्रका सात सहकारीलाई महानगरबाट अनुदानस्वरुप रु १७ लाख बराबरको सामग्री प्रदान गरेको हो।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

चितवन- भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत सहकारी संघ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

National life

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गरेका हुन्। महानगरभित्रका सात सहकारीलाई महानगरबाट अनुदानस्वरुप रु १७ लाख बराबरको सामग्री प्रदान गरेको हो। समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोद्धय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर-६ लाई पाँच/पाँच लाख बराबरका तोरी मिल प्रदान गरिएको छ। 

त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई दुई लाखको सामग्री, नवसुन्दर बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर इन्भटर र प्रिन्टर, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई रु एक लाखको कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको हो।

त्यस्तै उज्जवल बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन, आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था भरतपुर–२४ लाई रु एक लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको महानगरको सहकारी शाखाकी विष्णु आचार्य घिमिरेले जानकारी दिए।

महानगर देशकै सहकारीको जननी भएकाले महानगरभित्र राम्रो गरेका सहकारीको स्तर विकासका लागि सहयोग प्रदान गरिएको महानगर प्रमुख दाहालको भनाइ छ। सहकारीले समाजमा भएको गरिबीलाई घटाउन योगदान दिएकाले आफूहरूले पनि सहकारीको विकासमा ध्यान दिएको उपप्रमुख शाह ठकुरीले बताए। 

Shivam cement

महानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको विकासमा धेरै ठूलो लगानी गरी परिणाममुखी काम गरेको बताए।

प्रकाशित: Mar 17, 2022| 12:45 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।