काठमाडौं- कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनाव चिह्न तीर पाएको छ। निर्वाचन आयोगले तीर चुनाव चिह्न प्रदान गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए।
राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो। तर, आयोगको उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै हाललाई त्यसलाई स्वीकार गरेको प्रवक्ता आचार्यले जानकारी दिए।
उनका अनुसार राप्रपा नेपालले अर्को व्यवस्था नहुन्जेलसम्म तीर चुनाव चिह्नलाई पार्टीको प्रचार प्रसार सामग्रीमा प्रयोग गर्न देशभरका संगठनहरूलाई आग्रहसमेत गरेको छ।
राप्रपा नेपालले पार्टीको झण्डामा रहेको पहेंलो रंगको पृष्ठभूमिको मध्यभागमा कालो रंगमा तीर चिह्न प्रयोग गर्ने भएको छ।