काठमाडौं- शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा कार्यरत मजदुर मेसिनको फित्तामा बेरिएर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु हुनेमा भारतीय नागरिक अन्दाजी १८/२० वर्षीय रकिव अख्तर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बिहीबार बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा मेसिनमा परेर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।