बुधबार, असार ३१, २०८३

'१० वर्षे सम्बन्धन' का विषयमा जुटेन सहमति, अनशन जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकार र डा गोविन्द केसी पक्षबीच केही बुँदामा अनौपचारिक सहमति भएपनि मेडिकल कलेज काठमाडौंमा १० वर्षसम्म सम्बन्धन नदिने भन्ने विषयमा सहमति हुन नसक्दा डा केसीको अनशन जारी छ।

२७ दिनदेखि जारी अनशन आज तोड्‍ने प्रयास अनुरुप बिहिबार पटक-पटकको वार्तामा सात बुँदामा सहमति भएपनि मुख्य विषयमा सहमति नभएको भन्दै उक्त विषयमा कुरा मिलेपछि मात्र आफूलाई मान्य हुने डा केसि बताएका छन्। 

७ बुँदे मागमध्ये सबैभन्दा प्रमुख माग संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको थियो। विधेयकमा डा केसीले २२ बुँदामा संशोधन गर्नुपर्ने माग राखेको थिए। उक्त २२ बुँदामध्ये सबैभन्दा प्रमुख काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने व्यवस्था राख्नु पर्ने थियो।

तर, सिंहदरबारमा भएको छलफलमा सरकारी पक्षले उक्त बुँदा नै हटाउने अडान राखेको थियो। डा केसीले विधेयकमा उक्त कुरा समावेश नगरी सहमति नहुने बताएका छन्। डा केसीले सहमति गर्न नमानेपछि दुई पक्षबीच फेरि बालुवाटारमा वार्ता हुने भएको छ।

डा केसीले विधेयकमा उक्त कुरा राख्ने विषयमा सरकारले राजी भए मात्र सहमति हुने बताएका छन्। उनले सहमति नभएसम्म अनसन नतोड्ने पनि बताएका छन्।

सिंहदरबामा दुई पक्षबीच भएको वार्तामा डा केसीका मागका अन्य विषयमा भने लगभग सहमति भएको छ। तर, मुल विषय नै विधेयकमा नपर्ने भएको भन्दै डा केसीले सहमति गर्न नमानेका हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने थिए। यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।