काठमाडौं- पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ। बुधबार साँझ छोरीलाई होस्टलमा लिन जाने क्रममा प्रेसर लो भएर बाटोमै ढलेका शाहको उपचारको क्रममा निधन भएको हो।
काठमाडौंको अल्का अस्पतालमा उपचाररत शाहको बिहीबार बिहान १ बजे निधन भएको परिवारले जनाएको छ।
धादिङमा जन्मिएका शाह परिवारसहित काठमाडौंमा बस्दै आइरहेका थिए। शाह नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका संस्थापक सचिव एवं पूर्वअध्यक्ष हुन्।