शुक्रबार, साउन २९, २०८३

वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। 

अख्तियारले कुर्मीसहित वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जीतेन्द्रकुमार कुर्मीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

अभियुक्तहरूले घरबाटोलगायत अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आयोगको अनुसन्धानबाट प्रमाणित भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो रकमको दोब्बर जरिवाना हुनुपर्ने मागदाबीका साथ आरोपपत्र दायर गरिएको जनाइएको छ। 

आरोपीबाट एक लाख दुई हजार ५८५ असुलउपर गराउन आरोपपत्रमा माग गरिएको छ। त्यसैगरी, अनामिका रौनियारबाट एक लाख ३१ हजार ९० बिगो कायम गरी त्यति नै रकम जरिवाना गर्न तथा कैद सजायको माग गरिएको छ। 

प्रकाशित: Mar 17, 2022| 10:34 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।