शुक्रबार, साउन २९, २०८३

प्राध्यापक ध्रुव कुमारको निधन

राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको ७३ वर्षको उमेरमा निधन भएको छ।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको ७३ वर्षको उमेरमा निधन भएको छ। धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत ध्रुव कुमारको बुधबार राति निधन भएको हो।

उनी मिर्गौला समस्याबाट ग्रसित थिए। स्ट्रोकका कारण उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका जानकार उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)बाट अवकाशप्राप्त थिए। अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका बारेका उनका कृतिहरु समेत प्रकाशित छन्।

प्रकाशित: Mar 17, 2022| 10:06 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।