सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहटमा सवारी दुर्घटना : दुईको मृत्यु, एक प्रहरी घाइते

रौतहटमा सवारी दुर्घटना : दुईको मृत्यु, एक प्रहरी घाइते

रौतहटमा गए राति पिकअप गाडी अनियन्त्रित हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना प्रहरी घाइते भएका छन्।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- रौतहटमा गए राति पिकअप गाडी अनियन्त्रित हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना प्रहरी घाइते भएका छन्।

National life

रौतहटको वृन्दावन नगरपालिका–६ ठूलो हर्षाहामा बुधवार राति साढे ८ बजे चपुरबाट गरुडातर्फ जाँदै गरेको बा१७च ६१६३ नम्बरको पिकअप गाडी अनियन्त्रित भई पानको घुम्तीमा ठोक्किएको थियो।

पानको घुम्तीमा ठोक्किएपछि अनियन्त्रित गाडी ना४३प ७३२७ नम्बरको मोटरसाइकलमा ठोक्किएर अगाडि बढ्दै पैदल यात्रु ३७ वर्षीय जितेन्द्र पटेल र २७ वर्षीय हरिकुमार ठाकुरलाई कुल्चेको थियो। अनियन्त्रित पिकअप अगाडि बढ्दै डिउटीमा रहेको प्रहरीलाई ठोकेर घाइते बनाएको थियो।

गाडीको ठक्करले गम्भीर घाइते पटेललाई उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ। अर्का गम्भीर घाइते ठाकुरको हर्षाहास्थित क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते प्रहरी चौकी हर्षामा कार्यरत प्रहरी जवान मुस्तुफा अन्सारीको वीरगञ्जमा उपचार भइरहेको छ। अनियन्त्रित भई जथाभावी चलाइएको पिक अपबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Mar 17, 2022| 09:56 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।