सोमबार, असार ८, २०८३

मिथिला मध्यमा परिक्रमा यात्रा भारतको बिसौलमा

धनुषाको मिथिला बिहारी नगरपालिका-८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

जनकपुर- मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो।

National life

यात्रा आज साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ। प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ। 

परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पुर्‍याउने परम्परा रहेको मिथिला बिहारी मन्दिरका महन्थ रामनरेश दासले बताए। 

उक्त डोला फागु पूर्णिमाका दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुने उनको भनाइ छ। नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुले १३५ किलोमिटर पैदलयात्रा गर्ने गर्दछन्। श्रद्धालुका लागि नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थलमा अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन रहेको छ।  

पडावस्थलमा स्वास्थ्य, बिजुलीबत्ती, भोजनलगायत व्यवस्थापनमा सहयोग गर्दै आएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यस पटक पनि विशेष सहयोग गर्ने तयारी गरेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रमुख कार्यकारी निर्देशक बलराम ठाकुरले जानकारी दिए। 

Shivam cement

प्रकाशित: Mar 17, 2022| 08:58 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।