शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल र भारतका सुरक्षा अधिकारीले गरे सीमा क्षेत्रको निरीक्षण

नेपाल र भारतका सुरक्षा अधिकारीले गरे सीमा क्षेत्रको निरीक्षण

सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएको नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गरेका हुन्।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

सुनसरी-  नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको निरीक्षण गरेका  छन्। सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएको नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गरेका हुन्।  

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको र निर्वाचन नजिकिँदै गएको बेलामा त्यसलाई मध्यनजर गर्दै भोक्राहानरसिंह, हरिनगर र बर्जु गाउँपालिकासँग जोडिएर रहेको नेपाल भारतको सीमा क्षेत्रको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

पूर्वतर्फको पहिलो पिलर नं १८२ देखि १९५ नम्बर सम्मको मूल तथा सहायक पिलरको निरीक्षण गरेको प्रजिअ यादवले जानकारी दिएका छन्।

स्थानीय तहको निर्वाचन, सीमाबाट हुने चोरी तस्करी, सीमास्तम्भका अवस्था, होली पर्वको बेलामा हुने मदिराको तस्करीलगायतका विषयमा जानकारी र नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रको निरीक्षण गरिएको प्रजिअ यादवले जानकारी दिए।

प्रकाशित: Mar 17, 2022| 08:30 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।